लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिममा फेरिए नाउपा संसदीय दलको नेता, उपनेता र प्रमुख सचेतक पनि हेरफेर

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर भएको छ । यस अघि नाउपा संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई उक्त जिम्मेवारीबाट हटाउँदै उक्त जिम्मेवारी प्रमुख सचेतक खुसीराम चौधरीलाई दिइएको छ ।

त्यस्तै, उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टिका थापालाई दिने निर्णय गरिएको हो । प्रमुख सचेतक चौधरीको अध्यक्षतामा बहुमत सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । दलको नेता हेरफेरको निर्णयमा चार सांसदको हस्ताक्षर रहेको छ ।

खुशीराम चौधरी, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेको उक्त निर्णयमा घनश्याम चौधरी, इन्दिरा गिरी र रामेश्वर चौधरीको हस्ताक्षर छैन ।

साभार : नेपालप्रेस


प्रकाशित : २०८१ असार ३१ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप