सत्ति / पुर्वी कैलालीको टिकापुर नगरपालिका वडा नम्बर ७ सत्ति बाट प्रकाशित हुँदै आएको सुदुर सन्दर्भ साप्ताहिक प्रेस काउन्सिलकाे वर्गीकरणमा ख वर्गमा कायम भएको छ ।
प्रेस काउन्सिल नेपालले शुक्रबार जारी गरेको नतिजा अनुसार आर्थिक वर्ष २०७८/०७९ काे वितरण सम्परिक्षणमा यस सुदुर सन्दर्भ साप्ताहिक ख वर्गमा वर्गिकृत भएको हो ।
यस अघि पनि सुदुर सन्दर्भ साप्ताहिक स्थानीय ख वर्गमा रहेको थियोे । पत्रिका वर्गीकरणका लागि काउन्सिलमा दर्ता भएका ९ सय पत्रपत्रिका मध्ये ७ सय ९३ वर्गीकरणमा परेका छन् ।
कैलालीको सत्ति क्षेत्र बाट वि. सं. २०७६ सालको भदौ महिना बाट प्रकाशन सुरु गरेको यस साप्ताहिक विगत १ दशकदेखि निरन्तररुपमा स्थानीय ख वर्गमा वर्गीकरणमा परेको छ । यस साप्ताहिकले समयको माग संगै सुदुर सन्दर्भ डटकम अनलाइन र सुदुर सन्दर्भ टिभी ( यु ट्युव च्यानल ) पनि संचालनमा ल्याएको छ ।