चालु आर्थिक बर्ष २०८०/८१मा कैलालीका १२ हजार ५२७ जनाले सवारी चालक अनुमती पत्र लिएका छन् । यातायात व्यवस्था कार्यालय कैलालीका अनुसार मोटर साइकल ,स्कुटर, जिप, कार लगायत सवारी साधनको चालक अनुमती पत्र जारी गरेर ६ करोड ८२ लाख ५० हजार राजश्व संकलन भएको छ ।
उक्त कार्यालयबाट सबैभन्दा बढी मोटर साइकल र स्कुटर चालकको अनुमती पत्र जारी भएको छ । गत आर्थिक बर्ष चालक अनुमती पत्र जारी गरेर ८ करोड १५, लाख ७४ हजार राजश्व संकलन भएको थियो ।
प्रकाशित : २०८१ श्रावण १९ शनिबार प्रकाशित