बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ।
सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी भारततर्फ गएको दाबीसहित खबर आएका छन्। उनले देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ।
यसैबीच सशस्त्र प्रहरी बलले बंगलादेशसँग नजिक रहेका सीमा क्षेत्रमा सुरूक्षा सतर्कता बढाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए।
‘बंगलादेशको घटनाक्रमले नेपालमा पनि कुनै अवाञ्छनीय घटना नहोस् भनेर कोशी प्रदेशका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले सतर्कता बढाएको छ,’ थापाले भने।