लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

मोहना र कान्द्रा नदीको तटिय क्षेत्रमा बाढीको उच्च जोखिम,सुरक्षित रहन आग्रह

सत्ति / निरन्तर परेको वर्षाका कारण कैलालीको मोहना र कान्द्रा नदीमा बाढीको उच्च जोखिम रहेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले नदीको सतह अझै बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रमा सुरक्षित रहन सूचना जारी गरेको छ ।

मङ्गलवार रातीदेखिको वर्षाले मोहना, कुलरिया, कान्द्रा, घुराहा लगायत अन्य सहायक नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको हो । होचो भू–भागमा डुबानको जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले पनि नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ।

पूर्वी कैलालीका धेरै स्थानमा वर्षाले जनजीवन प्रभावित भएको छ ।
बाढीले कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेका छन । डुबानमा परेका १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । बाँकी १९ घरधुरीका १ सय १६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा सुरक्षित बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिका क्षेत्र डुबानमा परेका छन । गएराति पनि पानी परेकाले ति क्षेत्रमा डुबान कायमै रहेको स्थानीयले जनाएका छन । यता भजनि नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बासिन्दा हुलाकी सडकमा त्रिपाल टाँगेर बस्न थालेका छन ।

तस्बिर : सुदूर सन्दर्भ डटकम


प्रकाशित : २०८१ भाद्र ६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप