कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ भगतपुर स्थित घुरा नदिमा नुहाउने क्रममा धनगढी उप-महानगरपालिका वडा नं.१८ फुलबारी ‘इ’ गाँउ बस्ने ११ वर्षिय बालक सुजन ओझाको डुबेर मृत्यु भएको हो ।
एक बालक नदीमा डुबेर बेपत्ता भएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको ४ जनाको टोली,बि.ओ.पी.खोनपुरबाट स.प्र.ना.उ.गान्धिप राज स्याङ्तांङको कमाण्डमा ७ जना ,इ.प्र.का.बहुलिया फुलबारी बाट प्र.ब.ना.नि खेम राज पन्तको कमाण्डमा खटिएको २ जनाको टोलीले करिव ६ कि.मि.टाढा शव भेटाएको हो ।