सत्ति / जानकी गाउपालिकामा थारु लोक चित्रकला तथा मुर्तिकला प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । ४ दिन सम्म संचालन भएको कार्यक्रममा अष्टिम्की चित्र बनाउने तालिम , प्रतिस्पर्धा र अन्तरक्रिया भएको छ ।
साे लोकचित्रकला तथा मुर्तिकला प्रवर्द्धन कार्यक्रम अन्र्तगत भएको अष्टिम्की चित्रकलामा उत्कृष्ट चित्र बनाउनेलाई नगद सहित पुरस्कृत गरिएको छ । अष्टिम्की चित्रकलामा जानकी गाउँपालिका वडा नं. ४ का जुना चौधरी प्रथम, वडा नं. ६ का संगिता चौधरी, विनिता चौधरी दोस्रो, वडा नं. ४ का सम्झना चौधरी र सरिता चौधरी तेस्रो र वडा नं. ३ का चन्द्रलाल चौधरी सान्तवना भएका छन् ।
यस्तै कार्यक्रममा बोल्ने वक्ताहरु पहिचान सँगै धार्मिक मान्यता र सँस्कार मानव जिवन सहजताको लागि रहेकोले सकरात्मक कार्यहरुको आत्मसाथ गर्दै, कला सँस्कृति संस्कार जर्गेना गर्दै पुस्तान्तरण गर्नुपर्ने बताएका छन् । गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले सँस्कारिक सँस्कारहरुलाई पुस्तान्तरण गर्न आवश्यक रहेकोले गाउँपालिकाले यस्ता कार्यमा सहयोगको लागि तत्पर रहने बताए ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदिप चौधरीले स्थानियपालिकाहरु पहिचान र सँस्कारलाई लिपिवद्ध गर्ने कार्यमा लाग्नु पर्ने बताए । उनले साँस्कृतिक कार्यविधि बनाइ सबैलाई समेट्ने गरि काम गर्न आग्रह गरे ।
वडा नं. ७ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक कमल महतोले आफ्नो पहिचान , सँस्कार जोगाई राख्न आफैबाट सुरुवाट गरेर जानुपर्ने बताए । कार्यपालिका सदस्य पार्वती चौधरीले पहिचानको लागि व्यवहारबाट लागु गरेर जानुपर्ने बताइन् ।
गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अष्टिम्की पर्वको धार्मिक तथा साँस्कृतिक महत्व, मान्यता, दर्शन र स्थानियको जिज्ञासाबारे डा. कृष्णराज सर्बाहारीले प्रकाश पारेका थिए भने टीकापुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक नाथुराम चौधरी, लेखक तथा पत्रकार एकराज चौधरीले अष्टिम्की पर्व, गुर्वावक जल्मौटी र अवको दिनमा स्थानिय समुदाय र सरकारले गर्न सक्ने कामको बारेमा प्रकाश पारेका थिए ।
जानकी गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम संचालन नेत्र प्रसाद जैशीले गरेका थिए ।