कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन् ।
लम्कीचुहा नगरपालिका ३ चिसापानी स्थित कर्णाली पुलबाट एक महिलाले नदिमा हाम फाली बेपत्ता भएकी हुन् । नाम, थर नखुलेकी तर अनुमानित ४०–४५ वर्ष उमेरकी महिलाले हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी निरीक्षक राम डाँगीको कमाण्डमा ५ जना प्रहरी टोली घटनास्थलमा पठाई खोजी कार्य जारी रहेको जनाईएको छ ।
प्रकाशित : २०८१ भाद्र १३ बिहीबार प्रकाशित