लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

आदर्श टाेल विकास संस्थाको तिज मिलन कार्यक्रम सम्पन्न

टीकापुर/टीकापुर ७ बैदी स्थित आदर्श टाेल विकास संस्थाले महिलाहरुका महान चाड हरीतालिका तिज मिलन तथा अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।

मंगलबार टीकापुर ७ बैदीमा एक कार्यक्रमका विच टाेल विकास संस्थाले महिलाहरुका महान चाड हरीतालिका तिज मिलन तथा अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । टाेल विकास संस्थाका अध्यक्ष गाेविन्द काेइरालाकाे अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालविर चाैधरी प्रमुख अथिति रहेका थिए भने वडा नं. ७ का अध्यक्ष यज्ञ प्रसाद न्याैपाने विशिष्ट अथिति रहेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य मन्जु वि. क.,वडा सदस्य राजकुमार चाैधरी, नारायणपुर रेडक्रस उप शाखाका अध्यक्ष धनसरी काेइराला, डल्फिन संरक्षक भाेजराज ढुंगाना, सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष टाेप बहादुर केसि लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन पत्रकार भिम वि.क.ले गरेका थिए । कार्यक्रममा यश टोल भित्र अपांगता भएका ५ जना लाई सम्मान गरेको थियोे भने विभिन्न नित्य प्रस्तुत गरिएको थियोे ।


प्रकाशित : २०८१ भाद्र १९ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप