लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बाढीले बगायो सशस्त्र प्रहरीकाे भवन

टिकापुर / गततीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले धनगढीमा रहेको सशस्त्र प्रहरीकाे भवन बगाएको छ।

शुक्रबार राति वर्षासँगै मोहना नदीमा आएको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीले एउटा २ कोठे र अर्को एक हल र एक कोठा रहेको दुई वटा भवन बगाएको हो।

शुक्रबार दिउसो देखि नै बिओपी भवन कटान सुरु गरेपछि सामान अन्यत्र सारिएको थियो। शुक्रबार राती र शनिवार बिहान गरि भवन पूर्णरुपमा बगाएको सशस्त्र प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको बताए ।

उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा परेको छ। शुक्रबार राती देखि मात्र पानी पर्न रोकिएको छ। सिमा सुरक्षाका लागि कैलालीका विभिन्न ठाउँमा सशस्त्रका बिओपी स्थापना गरिएका थिए।


प्रकाशित : २०८१ भाद्र २९ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप