लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

स्थानीय उत्पादन विना आर्थिक कारोबार वृद्धि नहुने मन्त्रि: चौधरी

टिकापुर/ सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण लक्ष्मण किशोर चौधरीले स्थानीय उत्पादन विना आर्थिक कारोबार वृद्धि नहुने बताएका छन्। टीकापुर उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्तिको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन।

मन्त्रि चौधरीले बाणिज्यमा मात्र आधारित बजारमा आर्थिक गतिविधि कम हुने र आर्थिक गतिविधि बढाउनका लागि स्थानीय उत्पादन बजारमा जानु पर्ने बताए । उनले यो क्षेत्रमा स्थानीय उत्पादनका लागि आवश्यक उद्योगहरु समेत नभएकाले अवका दिनमा प्रदेश सरकारले त्यसमा ध्यान दिने र आफूले त्यसको लागि पहल गर्ने बताए ।

लुम्बीनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले खक्रौला भन्सारमा क्वारेन्टाईन हुन अतिआवश्यक रहेको बताउँदै त्यसको स्थापनाका लागि सहयोग गर्ने बताए ।
उद्घाटन कार्यक्रममा जयबाबा विश्वकर्मा कृषी औजार टीकापुरका सञ्चालक कृष्णबहादुर विश्वकर्मालाई खड्ग स्मृति सम्मान २०८१ बाट अभिनन्दन गरिएको छ ।

कार्यक्रममा त्रिभूवन मावि बटनपुरकी रोशनी बुढा, कर्णाली मावि सत्तिका सुदिप सुनार, जनता माध्यमिक विद्यालय बैदिकि आयशा चौधरी र कर्णाली राष्ट्रिय आधारभूत विद्यालय तोली गाउँ श्री लंकाकी कविता आउजीलाई जनही ५ हजार ५ रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।
उक्त विद्यालयलाई पनि सम्मान पत्र प्रदान गरिएको छ । संघले टीकापुर क्षेत्रमा औद्योगीक क्षेत्र स्थापनमा जोड दिनुपर्ने र संघको बहुउद्देश्यीय तालिम हल निर्माणका लागि बजेट विनियोजन गर्नु पर्ने मागसहित २ बुँदे मन्त्रिलाई ज्ञापन पत्र पनि बुझाएको छ ।

संघका पूर्व सदस्य तथा लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना, संघका कार्यालय प्रमुख तर्कराज रिमाल, पूर्व अध्यक्ष तथा पदाधिकारी र अन्य सदस्यलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षता मा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख कोमल प्रसाद ओझा, पुर्ब अध्यक्षको तर्फबाट राजकुमार हमाल, उद्योग बाणिज्य संघका पूर्व केन्दिय सदस्य हेमराज गिरी, टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्र रावल, संघका सल्लाहकार संयोजक सुरेन्द्र किशोर गीरी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । संघका महासचिव नवराज रिमालले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण बजगाईले गरेका थिए ।


प्रकाशित : २०८१ भाद्र २९ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप