कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मंगलबार राती कैलारी गाउँपालिका – ५ मनिकापुर स्थित बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उक्त मोटरसाइकलमा पछाडी सवार स्थानीय १७ वर्षीय सागर बिकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको बुधबार बिहान मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालक स्थानीय १८ वर्षीय जोनसोन चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित : २०८१ आश्विन ९ बुधबार प्रकाशित