लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

हाम्रो परिवेश र हाम्रो पत्रकारिता: भिम वि.क.

मान्छे एक समयमा कवि हुन्छ रे म पनि एक अवस्थामा नभएको होइन । जानेर नजानेर मनका भावना काेर्ने गरिन्थ्यो युवा अवस्थामा, स्कुल पढ्ने ताका। डायरीमा लेखिएका भावना कहाँ ,कसरी छाप्ने थाहा थिएन ।
पढाइ पछि नाेकरि गर्न लागियाे गाउँकै एक स्कुलमा , त्यसको १ वर्ष पछि टिकापुरमा छाेटाे समयको पत्रकारिता तालिम लिने अवसर पाएँ त्यसको केही पछि अहिलेकाे टीकापुर दैनिकमा काम गर्ने मौका पाएँ ।

त्यतिबेला मेरा लागि सिक्ने मौका पाउनु त्यति मात्रै नभइ कालो अक्षरमा नाम पत्रिकामा छापिनु ठूलो खुसीको कुरा थियो । साे मिडियामा काम गरेको केही वर्ष पछि वि.सं. २०६७ मा आफैले एउटा साप्ताहिक पत्रिका संचालन गरियो । अहिले साप्ताहिक संचालन गरेको मात्र पनि १५ वर्ष टेकेको छ । यति लामो समय काम गरेको भए पनि म आफूलाई पत्रकार भन्न त्यति रुचाउँदिनँ । केहीले मात्र पत्रकारका रुपमा चिन्छन् ।
कहिंकतै परिचय दिनुपर्ने भए पछि मात्रै म सुदुर सन्दर्भ साप्ताहिक संग सम्बन्धित छु भनेर आफ्नो परिचय दिने गरेको छु।

हो मैले पत्रकारिता सुरु गरेपछि म मा धेरै परिवर्तन भएको छ सबैभन्दा पहिलो त आत्मविश्वास पाएँ । एकैदिनमा धेरै जिवनकाे अनुभव गरिन्छ पत्रकार भए पछि । पत्रकारिताको एउटा गज्जबको फाइदा जनसम्पर्क विस्तार हो । पत्रकार बनेपछि धेरै क्षेत्रका मानिस सित सम्पर्क स्थापित हुन्छ । नयाँ-नयाँ मानिससँग भेटघाट र चिनजान हुन्छ ।
पत्रकारिताको सिद्धान्तमा आधारित रहेर काम गर्न सजिलो भने छैन अझै भनाैं केहीलाई त यो पेसा थर्काएर खाने पेसा बनेको पनि छ । महिनामा एउटा पनि समाचार नलेख्ने पत्रकार पनि छन् । तर केहीको मुल्यांकनमा उनै खास पत्रकार छन् । फेसबुकमा अन्य पत्रकारले लेखेका समाचार शेयर गर्नेलाई पनि यो समाजले पत्रकारकाे पगरी गुथाउने गर्छ । एकपटक पत्रकारिता गरेको व्यक्ति लाई सँधैकाे पत्रकार मान्ने प्रचलन पनि छ जुन विडम्बनापूर्ण छ ।

पत्रकारले पहिले वार्गेनिङ गर्ने अनि स्वार्थ नमिले पछि तेरो समाचार लेख्दैछु भनेर धम्कि दिने तर्साउने काम पत्रकारको होइन । अहिले हाम्रो सेरोफेरोमा भएको समस्या याे पनि हो । कहिलेकाहीँ मैले आफैंलाई प्रश्न गर्ने गर्छु pके मैले पत्रकारिता गरेर ठिक गरें कि बेठीक ? म भन्छु ठिकै गरेको छु किनकि मलाई यो पेसामा लाग्न मलाई अरु कसैले धकेलेकाे होइन नि ,म आफ्नो समुदाय ,क्षेत्रकाे प्रतिनिधित्व गर्दैन यहाँ सम्म पुगेको छु।

हो कहिलेकाहीँ लाग्छ सिमानामा बसेका अन्य व्यक्तिकाे जिवनशैलि फेरिएको देखेको छु जर्जर आर्थिक अभावले कहिलेकाहीँ भ्रष्ट भएर पनि रुपैयाँ कमाउनु पर्छ भन्ने साेच नआउने होइन तर कहिले चियापसलमा ,कहिले तरकारी किन्ने बेलामा अनायास परिचित अपरिचित व्यक्तिले मैले पत्रकारिता बाट खेलेको भुमिकाकाे प्रशंसा गर्छन अनि साेच्छु म ठिकै ठाउँमा छु भनेर । मलाई यो कर्मले रुपैयाँ दिएन होला तथापि यसले सानोतिनो परिचय दिएको छ र सन्तुष्ट छु ।

पछिल्लो समय पत्रकारितामा बढेको विकृतिलाई आँखा चिम्लेर नकार्न पनि मिल्दैन । पत्रकारको धर्म निष्पक्ष ढङ्गले कलम चलाउने हो । व्यक्तिगत स्वार्थका लागि कलम चलाएर कसैलाई माथि उठाउने त कसैलाई गिराउने हैन । त्यसैले अब पत्रकार स्वयम् सुध्रिन जरूरी छ । पत्रकारिता लेखेर, बोलेर खाने पेशा हो । पत्रकारको इज्जत, प्रतिष्ठा, मानसम्मान र पैसा उसले लेखेका, बोलेका शब्दबाट प्राप्त हुने गर्दछ । शब्दसँग खेल्नुपर्ने भएकाले पत्रकारलाई शब्द सम्बन्धी ज्ञान हुन जरूरी छ । सम्बन्धित विषयमा कानुनी ज्ञान हुन आवश्यक छ ।

अहिले नेपाली पत्रकारिताको कुरा गर्दा सबैले पत्रकारलाई सजिलै पत्याउने अवस्था छैन । पत्रकारिताले पहिला जति महत्व र सम्मान पाउँथ्यो अब त्यो घट्दै गएको छ । यसको मुख्य कारण विश्वसनीयता हो । अहिले पत्रकारिताले राज्यको चौथो अङ्ग भएर होइन दलको भ्रातृ सङ्गठन बनेर काम गर्न थाल्यो । पत्रकारिताको सिद्धान्तमा आधारित रहेर काम गर्ने पत्रकार थाेरै मात्र छन् । पूर्वाग्रही पत्रकारिता गर्ने जमात ठूलो भयो । कारण मध्येको एक पत्रकारिताकाे तालिम नलिएरै या नपढेरै पत्रकार बन्नु हो । जसलाई पत्रकारिताको धर्म, पत्रकारिताको सिद्धान्त र एउटा पत्रकारमा हुनुपर्ने नैतिकता के हो भन्ने कुरासम्म पत्तो छैन, तिनैले पत्रकारिताका नाममा बद्नाम गर्न थाले । एउटा पत्रकारमा हुनुपर्ने नैतिकता उसमा भएन भने उसले समाजलाई हानि गर्दछ । पत्रकारिताको छुट्टै प्रक्रिया र आचारसंहिता छ । एउटा पत्रकार सञ्चार माध्यमको नीति र सम्पादकीय प्रक्रियामा बाँधिएको हुन्छ । उसले त्यो नियमको पालना गर्नुपर्ने हुन्छ ।

पत्रकारले लेख, रिपोर्ट, समाचार तथा अन्तर्वार्ताको रूपमा तार्किक तथ्य प्रस्तुत गर्छन् । सही तथ्य जनतालाई सूचित गर्नमा पूर्ण रूपमा जवाफदेही हुन्छन् । उनीहरूको ध्यान जनताको विश्वास जित्ने हुन्छ। यस्ता क्रियाकलाप ले गर्दा सबै पत्रकार माथि प्रश्न उठ्ने गरेको छ । बाँकी कुरा पाठक ,दर्शकले छुट्याउने हो ।
पत्रकार हुँ भनेर पत्रकारिताकाे सामान्य इथिक्सकाे ज्ञान नभएका र पत्रकारको नाममा भजाइ खानेहरुको सख्या धेरै छ तर आफ्नो अस्तित्वमा रहेर बसुधैव कुटुम्भकम् भन्ने भावना लाई आत्मसात गरेर मात्र स्वतन्त्रतालाई कायम राख्न सकिन्छ । पत्रकारितामा स्वतन्त्रता निष्पक्षता पहिलो आधार हो । जरो हो । पत्रकारिता त्यो हो, जहाँबाट अनेकौं रसहरु पैदा हुन सक्छ । जसबाट व्यक्ति, समाज, देश र विश्वलाई सुसूचित गराइरहेको हुन्छ । पत्रकारले समाजमा दैनिक रुपमा भइरहने क्रियाकलापलाई सञ्चार माध्यम बाट स्वतन्त्र ढंगले प्रकाशन तथा प्रसारण गर्दछ र वास्तविक ज्ञान, सूचना, शिक्षा, र मनोरन्जनका साथै सचेत एवं जिम्मेवार नागरिक बनाउन अभिप्रेरित गर्दछ । पत्रकारिताको उद्देश्य आदर्श समाजको निर्माण गर्नु हो । स्वतन्त्रता विनाको पत्रकारिता अपांग मात्र होइन अपूर्ण हुन्छ र अधुरो हुन्छ ।

पत्रकारिताले समाज रुपान्तरण गर्नुपर्छ ।रुपान्तरण हुनु भनेको सकारात्मक परिवर्तन हुनुहो । सकारात्मक परिवर्तनले नै सबैको हित गर्दछ, भलो गर्दछ र वास्तविकता स्थापित गर्दछ । सत्यता, स्पष्टता, निष्पक्षता मात्र नभएर स्वतन्त्रता पनि पत्रकारिताको आधार हो । पत्रकारिता पढने विद्यार्थीले सुरुमै सिक्ने वाक्यांश हो,आवाजविहीनहरुको आवाज । यसको मतलब हो, पत्रकारिता आवाजविहीनको पक्षमा हुनुपर्छ । अर्थात् जो दुर्गममा छन, जो सीमान्तकृत छन, जसलाई राज्यका विभिन्न निकायले दिने सेवा सुविधाको ज्ञान छैन, जसलाई आफ्नो अधिकार कति हो, त्यो अधिकार कसरी आर्जनगर्न सकिन्छ ? कसैले आफ्नो अधिकार हनन गर्यो भने न्याय खोज्न कहाँ जाने भन्ने थाहा छैन । ती मानिस आवाजविहीन हुन् । पत्रकार भएपछि सीमान्तकृत व्यक्तिका आवाजको प्रतिनिधि भएर काम गर्न सक्नु पर्दछ ।

पत्रकारिताको विद्यार्थीलाई सुरुतिरै पत्रकारिताका कार्य पनि पढाइन्छ । जसमा पहिलो काम सूचित गर्ने, दोस्रो काम सचेत बनाउने र तेस्रो काम अभिप्रेरित गर्नेमा पर्दछ । यसैलाई अंग्रेजीमा इन्फर्म, एजुकेट र इन्सपायर भनिन्छ । पत्रकारिताका यी कामहरु समाजमा भएका आवाज विहीनहरुलाई सशक्तिकरण गर्नतर्फ लक्षित हुनुपर्छ । पत्रकारिताको अर्को महत्वपूर्ण काम भनेको राज्यका निकायलाई सर्वसाधारण जनता प्रति उत्तरदायी र जवाफदेही बनाउने पनि हो । उत्तरदायी भनेको सर्वसाधारणले गरेका प्रश्नको उचित जवाफ दिने र गुनासोहरुलाई सम्बोधन गर्ने हो । जवाफदेही भनेको राज्यका निकायले गलत गरेको रहेछ भने त्यस्तो काम गर्ने कर्मचारीलाई कारबाही गर्ने हो ।

पत्रकारिता भनेको घटनाको अनुसन्धान विवरण लाई विभिन्न शैलीबाट गरिने संकलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतिकरण हो । पत्रकारिता पेशा हो, त्यहि पेशा भित्र रहेर पत्रकारले कुनै पनि सञ्चार माध्यममा आवद्ध भएर समाचार संकलन गरेर सम्प्रेषन गर्नु दायित्व हो । पत्रकारले सत्य, तथ्य र वस्तुपरक कुरालाई समेटेर प्रकाशन वा प्रशारण गर्नुपर्दछ । सायद त्यसैले पनि होला पत्रकारलाई देशको पहरेदार, जिम्मेवार नागरिक अथवा राष्ट्रको चौँथो अंग भन्ने गरिन्छ । पत्रकारिता र पत्रकार एकअर्काका परिपूरक हुन ।

पत्रकारिता पेशा हो ,भने पत्रकार त्यहि पेशामा भिज्ने व्यक्ति हो । पत्रकार भनेको त्यो व्यक्ति हो, जसले पत्रकारिताका शाश्वत मूल्य मान्यतालाई औपचारिक वा अनौपचारिक रुपमा पढेको वा बुझेको छ । पत्रकारिताका विभिन्न नीतिनियमहरु अवलम्बन गर्दछ । कुनै व्यक्तिले पत्रकारिताका आधारभूत मान्यताहरुलाई आत्मसात गर्दै देश र जनताको हितका लागि अधिकतम पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ भने, त्यसले मात्र पत्रकारिता गरेको मान्न सकिन्छ। यसरी पत्रकारले एकातिर सर्वसाधारणलाई सुसूचित, सचेत र उत्प्रेरित गर्ने अर्कातिर राज्यका निकायलाई जनताको हितमा काम गर्न दबाब दिने अपेक्षा गरिन्छ ।

हरेक पत्रकार यी दुई भूमिकामा अब्बल सावित हुन सकेमा मात्रै पत्रकारिताले राज्यको चौथो अंग अर्थात सरकार, संसद र न्यायपालिका पछिको महत्वपूर्ण निकायको भूमिका निर्वाह गर्न सकेको मानिन्छ तर हाम्रो पत्रकारिता हामीले सोचेजस्तो सिद्धान्तले विवेचना गरे जस्तो छैन । यसका विविध कारण होलान, तर पहिलो कारण पत्रकारको ,धम्की या चाकरी प्रवृति हो । पढने बेलामा आवाजविहीनको आवाजलाई प्राथमिकता दिनुपर्ने कुरा पढेका भए पनि कतिपयमा त्यस्तो देखिँदैन ।

कुनै पत्रकार विना,ब्लु बुक र विना लाइसेन्स हिंड्नका लागि होइन । आफ्नो त हुँदैन या नभए पनि अनि त्यसमाथि अन्यकाे पनि सिफारिस गरि हाल्छन् । यस्तो अवस्थामा पत्रकार कसरी राष्ट्रकाे चाैथाे अंगमा दरिन्छ । त्यो त सरासर चुत्थाे भएन र । जाे पत्रकार भनिने मान्छेले महिनामा एउटा सम्म समाचार लेख्दैन उसलाई नै नजराना प्राप्त हुन्छ ।

कतिपय पत्रकार नेता या जनप्रतिनिधिले बोलाए पनि, नबोलाए पनि पत्रकार बनेर उनीहरुका अघि पछि रहन रुचाउँछ । आफूले चिनेको कुनै नेता पदमा पुग्यो भने स्तुति र प्रशंसा गाउँछन् । यस्तो गर्नु पत्रकारिता होइन यो त चाकडीकारिता हो ।

हामी नेताले बोलेका, नबोलेका, व्यक्तिगत वा सार्वजनिक, उसको विगत र भविष्य आदि सबै समाचारमूलक हुन्छ, भन्ठान्छौं । अर्थात् हामी विषयवस्तुलाई कम र नेतालाई बढी महत्व दिन्छौं । यसको मतलब हामी नेतामुखी पत्रकार हौं ।
तपाईले पत्रकारितालाई जीवनको पेशा बनाउनु भएको छ,भने, पत्रकारितालाई कसरी लिनु भएको छ ? अर्थात तपाई कस्तो पत्रकार हो ? आफैले आफुलाई सोध्नुस त ? के पाउनु हुन्छ ?

लेखक : नेपाल पत्रकार महासंघ ,सुदूरपश्चिम प्रदेश समिती ,सदस्य हुन ।


प्रकाशित : २०८१ आश्विन १० बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप