बैदि / टिकापुर ७ का १० जनालाई कपडा सहयोग गरिएको छ।
वडाको बैदि बस्ने पार्वती केसीले १० जना विपन्न व्यक्तिलाइ कपडा सहयोग गरेकि हुन् ।
उनलेे पति स्व. छत्र बहादुर केसीको १० औं पुण्य स्मृतिमा कपडा सहयोग गरेकि हुन् । कार्यक्रममा बाेल्दै स्व.छत्र बहादुर केसीका जेठा छाेरा टाेप बहादुर केसीले समाजमा समस्यामा परेका सहयोग आवश्यक भएका नागरिकको लागि सानो सहयोग गरेर खुसी नपुगेको ठाउँमा खुसी पुगाउने काममा सहयोग गरिएको बताए ।
कार्यक्रममा स्व. केसीका परिवार ,स्थानीय अगुवा र टोल विकास संस्थाका सदस्यहरुकाे उपस्थिति रहेको थियो ।
नव आदर्श टाेल विकास संस्थाको समन्वयमा भएको साे कार्यक्रमकाे अध्यक्षता टोल विकास संस्थाका अध्यक्ष गाेविन्द काेइराला रहेका थिए भने प्रमुख अतिथि पार्वती केसी रहेकि थिइन् ।