सत्ति /इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी नवीन राजा बुढाथोकीले जागिरकाे दाैरानमा अहिलेसम्म राम्रो गरेको र यहाँको बसाइंमा पनि राम्रो गर्ने बताएका छन् ।टीकापुरका पत्रकारहरुसँगको आज भएको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी बुढाथोकीले साे कुरा बताएका हुन् ।
‘म कुनै किसिमको भनसुन गरेर टिकापुर आएको होइन मलाई मेरो संगठनले पठाएको हो , जति समय यहाँ बस्छु, शान्ति सुरक्षा कायम गर्न खरो उत्रिने छु’ डिएसपी बुढाथोकीले भने ‘लागु औषध नियन्त्रण, चोरी निकासी नियन्त्रण गरेर शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध हुनेछु ।’
परिचयात्मक कार्यक्रममा संचारकर्मिहरुले चाडपर्व नजिकिएकाेले विशेष पर्व लक्षित सुरक्षाको लागि तयारी गरिनुपर्ने । प्रहरी महिला बालबालिका मैत्रीहुनुपर्ने, जुवातास,देहव्यापार, लागू औषध नियन्त्रण र सामाजिक सद्भाव कायमका लागि जाेड दिएका थिए । लागुऔषध र घरेलुु हिँसा न्यून गर्नका लागि कार्यालय प्रमुख र कार्यालयकाे फाेन नम्बर सार्वजनिक गरेको खण्डमा महिला ,बालबालिका ले आफ्नो समस्या निर्धक्क संग भन्न सक्ने अवस्था रहने बताइएको थियोे ।
प्रहरीको कमि कमजोरी लाई देखाएमा सुधारका लागि प्रयास गर्नेछु उनलेे प्रतिवद्धता जनाएका थिए । गत साता मात्रै इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत डिएसपी बुढाथोकी सरुवा भएर आएका हुन् । डिएसपी बुढाथोकीले भने मैले योजना बनाएर काम गर्नेछु, त्यसमा सबैको सहयोगको अपेक्षा गरेको छु ।’
कार्यक्रममा प्रहरीले लागुऔषध, चोरी निकासी नियन्त्रण, ढुंगा गिट्टीको अवैध उत्खनन, गुण्डागर्दी जस्ता समस्यामा कार्य गर्न आग्रह गरेका थिए ।