लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

दशैंमा सत्ति ट्राफिक प्रहरीको बढ्यो सक्रियता

सत्ति/दशैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर अस्थाई ट्राफिक प्रहरी कार्यालय सत्तिले चाडबाडमा हुने भीडभाडमा आफ्नो सक्रियता बढाएको छ अस्थायी ट्राफिक प्रहरी कार्यालय सत्तिका अनुसार यात्राका क्रममा यात्रुले असहजता महसुस भए उजुरी वा गुनासो गरे ट्राफिक प्रहरीले आवश्यक कार्वाही गर्ने गरिएको अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिका इन्चार्ज जयहरि चन्दले बताए ।

अस्थायी ट्राफिक प्रहरीले जिङ्गल द्वारा जनचेतना कार्यक्रम फैलाउने काम गरिरहेकाे,सवारी दुर्घटना न्युनिकरणका लागि रातिकाे समयमा मापसे चेकिङ र लापसे चेकिङ गर्ने गरेकाे टिकापुर ९ का सन्तु चाैधरिले बताए । पहिले दिउँसो मात्र खटिएको देख्ने गरेका उनलेे हिजोआज रातिकाे समयमा पनि सत्ति प्रहरी र ट्राफिक प्रहरी सत्तिले चेकजाँच गरेको देखेको बताए ।

आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको सवारीसाधनलाई सचेत गराउने , तोकिए भन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने ट्राफिक इन्चार्ज प्रमुख चन्दले सुदुर सन्दर्भ डटकमलाई बताए ।‌ ट्राफिक प्रहरिकाे मुख्यकाम राजश्व संकलन गर्ने मात्र नभइ नभए सवारि दुर्घटना न्युनिकरण गर्ने र जनधनकाे क्षति नहाेस भनेर ट्राफिक जनचेतनामूलक कार्यक्रम गर्ने गरेकाे उनको भनाइ छ ।

चाडपर्व नजिकिदै जाँदा दुर्घटना न्यूनीकरण गर्नको लागि प्रहरी चौकि सत्तिको रात्रीकालिन चेकजाँच मा कडाइ ,मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाऔं,तिब्र गतिमा सवारीसाधन नचलाऔ ! ट्राफिक नियमको पालना गरौ,ट्राफिक नियम जानाैं पनि मानाैं पनि,ट्राफिक नियमकाे पालना गरि सभ्य नागरिककाे परिचय दिउँ,सवारि दुर्घटनाकाे पीडा ट्राफिक प्रहरीलाई नभई स्वयंलाई हुने जस्ता जानकारी मुलुक सन्देश विविध माध्यमबाट सवारी धनिमा प्रवाह गरिएको प्रहरीको दावी रहेको छ। दशैं नजिकिँदै जाँदा सवारीसाधनको चाप बढेको छ।


प्रकाशित : २०८१ आश्विन २१ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप