सत्ती/ कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–६ ढक्काचाँदरका २४ वर्षीय उमेश चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित पुष्पलाल स्मृति सामुदायिक बनमा उनको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । उक्त स्थान वरपर हात्तीको दिसा र हात्तीले रुखहरू समेत मडारेको जस्तो देखिएको हुनाले प्रारम्भिक अनुसन्धानबाट चौधरीको मृत्यु हात्तीको आक्रमणबाटै भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिएका छन् ।
प्रकाशित : २०८१ आश्विन २२ मंगलवार प्रकाशित