लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुरमा” रैबार टीकापुरका ” गजल संग्रह विमोचन

टिकापुर/ टीकापुरमा आज गगन फाउण्डेशनले आयोजना गरेको कार्यक्रम मा ‘रैबार टीकापुरका’ संयुक्त गजल संग्रहको लोकार्पण गर्दै साहित्यकार श्रेष्ठ प्रिया पत्थरले श्रेष्ठले  टीकापुरको माटोले जन्माएका थुप्रै साहित्यकारहरुले टीकापुरलाई सिर्जनशील भुमिको रुपमा पहिचान बनाउन मद्दत गरेको बताइन् ।

२०७९ मा टीकापुरमा सम्पन्न टीकापुर साहित्य महोत्सवको गजल सन्ध्या कार्यक्रममा सहभागी १५ जना श्रष्टाहरुका पाँच पाँच वटा गजल समावेश गरिएको ‘रैबार टीकापुरका’ संयुक्त गजल संग्रहमा ७५ वटा गजलहरु समावेश छन् । स्व. साहित्यकार गगनसिंह थापाको स्मृतिमा स्थापित  गगन फाउण्डेशनले उक्त संग्रह प्रकाशन गरेको  हो ।

संग्रह माथि टिप्पणी गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. धनकृष्ण उपाध्यायले साहित्यिक कार्यक्रममा बाचन गरिएका १५ श्रष्टाका गजलको संग्रह प्रकाशित हुनु आफैमा सुखद् रहेको बताए । उपाध्यायले संग्रहमा देश प्रेम, माया प्रेम, समसामयिक विषयवस्तुमाथि लेखिएका सशक्त गजल समावेश रहेको बताए ।

कार्यक्रममा संग्रहका स्रष्टा हर्क विष्ट, विष्णाकुमारी बिसी ‘सपना’ले आफ्ना गजल वाचन गरेका थिए । त्यस्तै सहभागीका तर्फबाट मिनबहादुर थापा ,  आर्त अकुलिन, आनन्द बिक्रम राणा, कण्ठराज गिरी, झलनाथ खनाल, भक्तराज देवकोटा, ललित विष्ट, जनकराज तिमिल्सेना, चेतराज देवकोटा, निलम चौधरी र बाबु देवकोटाले गजल तथा कविता प्रस्तुत गरेका थिए ।

गगन फाउण्डेशनका संस्थापक संरक्षक हिक्मत थापाको अध्यक्षतामा भएको कार्यक्रममा देवकोटा कला साहित्य प्रतिष्ठानका अध्यक्ष बलबहादुर रावल , साहित्यकार कर्णबहादुर थापा बिशिस्ट अतिथी रहेका थिए ।


प्रकाशित : २०८१ आश्विन ३० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप