सत्ती/आइतबार कैलालीको धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ मनेहरा सिविरमा बस्ने २४ वर्षीय नविन चौधरी,२२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी छन । उनीहरुलाई २ सय ९० मिलिग्राम खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको हो।
यसैगरी गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकार ३ सय ६० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट निजलाई पक्राउ गरिएको हो ।
यस्तै ,धनगढी उपमहानगरपालिका–७ सद्भावना टोलबाट सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त चौधरीलाई पनि ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ भने थप अनुसन्धान अघि बढाइएको छ ।