लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भन्सार छली गर्ने ६ जना भारतीय पक्राउ

खक्राैला / टिकापुर नगरपालिका वडा नम्बर ८ बटनपुर बाट प्रहरीले भन्सार छलि गरि नेपाल भित्रीन लागेको सामान सहित ६ जनालाई पक्राउ गरेको छ । 

बुधबार बिहान ८ बजे तिर सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय धनगढी बाट खटिएको प्रहरी टोलीले सामान सहित छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी तिकुनिया बस्ने बर्ष ३० का गुल्लासिह, बर्ष ४५ को ईब्राहिम खान, बर्ष २१ का सुसिल कुमार, बर्ष २६ का अमिल खान, बर्ष २५ का समिर खान र बर्ष २६ का साहिल खान रहेको प्रहरी चाैकि कालाकुण्डाले जनाएको छ ।

पक्राउ परेका ६ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बिहीबार अबेर मात्रै पठाईएकाे र कार्यालय समय भन्दा पछि आवश्यक अनुसन्धान र प्रक्रिया मिलाउन समय अपुग हुने भएकोले शुक्रबार मात्रै सत्ति भन्सारले पक्राउ परेकालाई बुझ्ने जानकारी प्राप्त भएको छ । साइकलमा जुत्ता ,चप्पल ,प्याज,सुर्ती ,र प्लास्टिकका माला सहित पक्राउ परेका छ जना बाट ३ लाख ९० हजार ८५० रुपैयाँ बराबरको सामान रहेको बताइएको छ । हिजाे मात्र सशस्त्र प्रहरीकाे खक्राैला स्थित गुल्मले पनि ३९ हजार बराबरको कपडा पक्राउ गरेको जानकारी प्राप्त भएको छ । पक्राउ गरेको सामानको मुल्यांकन बढि हाल्ने प्रचलन सुरक्षाकर्मीकाे रहेको भन्सार स्राेतकाे भनाइ रहेको छ ।


प्रकाशित : २०८१ कार्तिक ८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप