लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

म्याद थपका लागि रविसँगै छविलाई पनि लगियो अदालत

सहकारीको रकम हिनामिना र संगठित अपराधको मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ।हिजो अवेरसम्ममा पनि बहस नसकिएपछि प्रहरीले म्याद थपका लागि लामिछानेलाई अदालतमा पेश गरेको हो।

रास्वपा समर्थक र सहकारी पीडितको भिडबाट जोगाउन प्रहरीले कार्यालय खुले लगत्तै लामिछानेलाई अदालतमा उपस्थित गराएको हो।सोही मुद्दामा पक्राउ परेका पूर्व एआईजी छविलाल जोशीलाई पनि कास्की अदालत लगिएको छ।रुपन्देहीमा बयान सकिएपछि जोशीलाई पोखरा ल्याइएको थियो। जोशी गत असोज ६ गते पक्राउ परेका थिए।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की अदालतले गत आइतबार दिएको ६ दिनको म्याद आज सकिएको छ।बुधबार अबेरसम्म पनि लामिछानेको बयान नसकिएको भन्दै प्रहरीले म्याद थपका लागि अदालतबाट अनुमति लिन लागेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए।रास्वपा समर्थकले भने बयान विलम्व गरेर म्याद थपको नियत राखेको आरोप लगाएका छन्।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया प्रालि मार्फत अबैधरुपमा खर्च गरेको भन्दै रविमाथि अनुसन्धान थालिएको हो।

साभार : नागरिक


प्रकाशित : २०८१ कार्तिक ८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!