लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भन्सार महसुल दर घटेसँगै तोलामा झन्डै १६ हजारले सस्तियो सुन

काठमाडाैँ– सरकारले भन्सार महसुल दर घटाए सँगै बजारमा सुनचाँदीको मूल्य पनि घटेको छ। सोमबार एकै दिनमा सुनको मूल्य १५ हजार ९०० रुपैयाँले घटेको हो।
भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंका बीच आइतबार सरकारले भन्सार महसुल दर घटाएको थियो। सरकारले सुनको भन्सार महसुल दर २० प्रतिशतबाट १० प्रतिशत तथा चाँदीको १५ प्रतिशत बाट १० प्रतिशतमा झारेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलाको एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ पछि कात्तिक अन्तिममा पुग्दा घटेर एक लाख ६० हजार रुपैयाँसम्म झरेको थियो।

आज चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर एक हजार ८४५ रुपैयाँमा पुगेको छ। मंसिर लागेपछि निरन्तर बढेको सुनचाँदीको भाउ सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै एकै दिन यति ठूलो अंकले घटेको हो।


प्रकाशित : २०८१ मंसिर १० सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप