कैलालीको धनगढीमा दुई किशोरलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीकै गोदावरी नगरपालिका–१, अत्तरियाका २४ वर्षीय भूपी खड्का, धनगढी–१, सन्तोषी टोलमा बस्दै आएका कञ्चनपुरको बेलौरी नगरपालिका–५ का १८ वर्षीय किशोर र डडेलधुराको अमरगढी नगरपालिका–१का १८ वर्षीय किशोर छन् ।
धनगढी–४, तारानगरस्थित एक घरमा बन्धक बनाएर खुकुरी देखाएर तीनजना मिलेर आइतबार कुटपिट गरेको पीडितको भनाइ छ । उनिहरु माथी उजुरी परेपछि प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
प्रकाशित : २०८१ मंसिर ११ मंगलवार प्रकाशित