लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

ग्राहकको विवरण ‘अनलाइन ठगहरू’ लाई बेच्ने खल्ती वालेटका तीन कर्मचारी पक्राउ

डिजिटल वालेट सेवा प्रदायक कम्पनी खल्तीका तीन कर्मचारीले सेवाग्राहीको व्यक्तिगत विवरण दुरुपयोग गरी अनलाइन ठगीको गिरोहलाई उपलब्ध गराएको तथ्य सार्वजनिक भएको छ। यस प्रकरणमा कम्पनीकै जाहेरीमा कार्यरत कर्मचारीहरूलाई पक्राउ गरिएको छ।

धादिङ ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेत पक्राउ परेकाहरू हुन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। तीनै जना काठमाडौंको तिलगंगा, कलंकी र पशुपति क्षेत्रमा बसोबास गर्दै आएका थिए।

केवाईसी प्रमाणीकरणको जिम्मेवारीमा रहेका ती कर्मचारीहरूले सेवाग्राहीले खल्ती वालेटमा अपलोड गरेका नागरिकताको प्रतिलिपि, फोटो तथा अन्य कागजात डाउनलोड गरी अनधिकृत व्यक्तिका नाममा फरक-फरक मोबाइल नम्बर प्रयोग गर्दै ५५ भन्दा बढी नक्कली खाता खोलेको खुलेको छ। ती खाताहरू अनलाइन ठगी र अवैध आर्थिक कारोबारमा प्रयोग भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले नागरिक न्युजलाई जानकारी दिए।

“अनलाइन स्क्यामहरू अहिले पछिल्लो समय निकै बढिरहेका छन्। उजुरीहरू पनि प्रशस्तै आइरहेका छन्। यिनै अपराधहरूको अनुसन्धान गर्न हामीले विभिन्न वालेट तथा बैंकहरूसँग केवाईसी विवरण माग्ने गर्छौँ। तर केहीले केवाईसी विवरण दिन आनाकानी गरे। त्यसपछि उक्त कम्पनीले आन्तरिक अनुसन्धानपछि आफ्नै कर्मचारीहरूले सो अपराध गरिरहेको भन्ने जानकारी पछि हामीले जाहेरी दिन आग्रह गर्‍यौँ। त्यसपछि पक्राउ गरेको हो।” उनले भने।

प्रहरीका अनुसार उनीहरूले कुन गिरोहसँग मिलेर काम गरेका थिए भन्ने विषयमा अनुसन्धान जारी छ।

खल्तीका व्यवस्थापनले आफ्ना कर्मचारीको गतिविधिमा शंका लागेपछि प्रहरीसमक्ष उजुरी दिएको थियो। प्रारम्भिक छानबिनका क्रममा प्रहरीलाई कर्मचारीहरूको संलग्नता पुष्टि भएपछि तीन जनालाई नियन्त्रणमा लिइयो। पक्राउ परेका कर्मचारीहरूलाई अपराध सम्बन्धी विश्वासघातको कसुरमा अनुसन्धान गर्न ललितपुर जिल्ला प्रहरी परिसर पठाइएको छ।

खल्तीले घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै प्रणाली सुधारका लागि तत्काल कदम चालिने जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीहरूले कुन गिरोहसँग सहकार्य गरेका थिए र त्यसको व्यापकता कति थियो भन्ने थप अनुसन्धान भइरहेको छ।

यो घटनाले डिजिटल वित्तीय सेवा प्रदायकहरूका सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

डिजिटल भुक्तानी प्रणालीको बढ्दो प्रयोगसँगै यस प्रकारका घटनाहरूले वित्तीय सेवा प्रदायक कम्पनीहरूलाई उनीहरूको सुरक्षा प्रणाली मजबुत बनाउन चुनौती दिएको छ।

विशेषज्ञहरूले सेवाग्राहीको विश्वास कायम राख्न कम्पनीहरूले आफ्नो प्रणालीको निरन्तर परीक्षण र अद्यावधिक गर्नुपर्नेमा जोड दिएका छन्।
यो घटना डिजिटल अर्थतन्त्रको विश्वसनीयतालाई कायम राख्न आवश्यक सुधारका लागि एउटा चेतावनी साबित भएको छ।

साभार : नागरिक न्युज


प्रकाशित : २०८१ मंसिर ११ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!