लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीको लम्किमा महोत्सवको लागि ३ दिन विद्यालय बन्द

टिकापुर / कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवका लागि भन्दै विद्यालयहरु तीन दिन बन्द गर्न उर्दी जारी गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूणर् सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न उर्दी जारी गरेको हो ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले लम्की चुहा उद्योग वाणिज्य संघको पत्रानुसार स्थानीय बिदा दिएको भन्दै सूचना जारी गरेका हुन् ।

यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूले विज्ञान प्रविधि बाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ’ जारी सूचनामा उल्लेख छ ।

महोत्सवको लागि नगरपालिका भित्रका सबै विद्यालय बन्द गर्न लगाउने नगरपालिकाको निर्देशनको अहिले चौतर्फी विरोध भइरहेको छ । सामाजिक सञ्जालमा शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने दायित्व रहेको नगरपालिकाले नै महोत्सव सफल बनाउन स्थानीय बिदा दिएको भन्दै आलोचना भइरहेको छ । पालिकाका नगर प्रमुख सुशीला शाही वैदेशिक भ्रमणमा रहेकी छन् भने उपमेयर जुना चौधरीले बिदा सम्बन्धमा आफूलाई जानकारी नरहेको बताइन् ।

‘मैले पनि सामाजिक सञ्जालमै हेरेर थाहा पाएको हुँ, हिजो साँझ ६ बजेसम्म म कार्यालयमै थिएँ । बिदा दिने निणर्य भएको छैन, कहाँबाट कसले निणर्य गर्‍यो, यो जानकारी छैन । म बुझ्दैछु’ उनले भनिन् ।
वडा नं १ का अध्यक्ष नेत्र खनालले पनि बिदा दिने विषयमा कुनै निणर्य नभएको र आफूलाई पनि यस विषयमा कुनै जानकारी नभएको बताए ।

विज्ञान प्रदर्शनी रहेको र विद्यार्थीहरूको नृत्य पनि रहेको हुँदा उद्योग वाणिज्य सङ्घको आग्रहपछि बिदा दिइएको वडा नम्बर ३ का अध्यक्ष समेत रहेका नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिए ।


प्रकाशित : २०८१ मंसिर १४ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप