लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुरमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

सत्ति / ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस टिकापुरमा पनि मनाइएको छ ।

टिकापुर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखाको आयोजनामा “अपांगता भएका व्यक्ति माथि तपाईं हाम्रो जिम्मेवारी” नामक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरि टिकापुरमा वक्तृत्वकला प्रतियोगिता गरी मनाइएको छ ।

प्रतियोगितामा आइएमइ स्कुल अस्नेहरिका हेमराज ढुंगाना पहिलो ,गणेश बाबा स्कुलका भुवन उपाध्याय दाेस्राे र कर्णाली मावि सत्तिकि समिक्षा भण्डारी तेस्रो भएका थिए भने टिकापुर नगर क्षेत्रका १२ वटा विद्यालयकाे सहभागीता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, अपांगता भएका व्यक्ति र विद्यालयका शिक्षकको सहभागिता रहेको थियो ।

कार्यक्रममा महिला ,बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख संगिता शाहले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित हुने ,अपांगता भएकालाई हेर्ने व्यवहार, सोँच र दृष्टिकोण परिर्वतन हुने बताइन् ।

कार्यक्रम नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा सदस्य लवरि चाैधरिकाे अध्यक्षतामा भएको थियो भने संचालन संगिता शाहले गरेकि थिइन् ।


प्रकाशित : २०८१ मंसिर २० बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप