दुर्गाैलि / ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कैलालीको जानकि गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ ।
जानकि गाउँपालिकाका अध्यक्ष गणेश चाैधरि, उपाध्यक्ष लालमति कठरिया, प्रमुख कार्यकारी अधिकृत आशिष चाैधरि, कर्मचारीलगायतको उपस्थितिमा वितरण गरिएको हो ।
अपांगता भएकाको सुरक्षा र सहजताका लागि पालिका सदैव तयार रहेको अध्यक्ष गणेश चाैधरिले बताए ।
यसैगरी उपाध्यक्ष लालमति कठरियाले अपांगमैत्री वातावरण बनाउन पालिका सदैव अपांगता खेपिरहनु भएका दाजुभाई तथा दिदीबहिनीको साथमा रहेको बताईन ।
अपाङ्गता भएका ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।