लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । 

गाउँका ‘गुरुवा’ (थारू समुदायको देउता) मनोज चौधरीले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा आफूमाथि कुटपिट भएको हसिनाले बताइन् ।

उनका अनुसार २५ वर्षीय मनोजलाई गुरुवा आएको भन्दै पुस १ गते दिउँसो सबै परिवारबाट एक–एक हजार उठाइएको थियो । उनले पनि माइतीबाट एक हजार मागेर बुझाएकी थिइन् । राति ८ बजेतिर घरमै बच्चा स्याहार्दै बसेका बेला रामलाल चौधरी, करन चौधरी र जयराम चौधरी आए ।

‘तँ बोक्सी होस्, हामीलाई सताउँछेस् भन्दै मलाई घरभित्रबाट निकालेर आँगनमा कुट्न थाले,’ उनले सुनाइन्, ‘जयरामका छोरा रमेशले कुटपिट गर्न नहुने भन्दै आफ्नो बुबालगायतलाई फर्काएर लगे ।’

कुटपिट हुँदा घरमा हसिना र उनका दुई बच्चा मात्र थिए । त्रासमा रात बिताउनुपरेको हसिनाले सुनाइन् । श्रीमान् चुन्नीलाल मजदुरीका लागि चार दिनअघि भारतको पुने गएका थिए । परिवारको आम्दानीको स्रोत नै ज्यालामजदुरी मात्र हो । ‘मैले भोलिपल्टै श्रीमान्लाई फोन गरेर बोक्सीको आरोपमा आफूमाथि कुटपिट भएको सुनाएँ । प्रहरीमा पनि निवेदन दिएँ,’ हसिनाले भनिन् ।

प्रहरीमा निवेदन दिएको पर्सिपल्ट पनि हसिनामाथि कुटपिट भयो । दिउँसो ३ बजेतिर जयराम, रामलाल, करन, रूपा चौधरीलगायत पाँच महिला र ६ पुरुषको समूह उनको घर पुग्यो । ‘एक्कासि मेरो घर आएर उनीहरूले मलाई घरबाट निकालेर कुटपिट गरे । जगल्टा लछार्दै गुरुवा मनोजको घर पुर्‍याए । गुरुवाको घरमा आँगनमा बिछ्याइएको परालमा सुताए ।

त्यसपछि केहीले लट्ठीले हाने, कसैले लात्तैलात्ताले हाने,’ हसिनाले सुनाइन्, ‘त्यसपछि शरीरमा पानी खन्याए । बोक्सी हुँ भन् भन्दै कबोल गर्न भने तर म बोक्सी होइन भनें । मैले नमानेपछि फरुवाले मेरो गर्धनमा ताक्दै गर्दा मेरो श्रीमान् आइपुग्नुभयो । त्यसपछि म बाँचें । अनि के भयो, मलाई याद छैन ।’
साभार : इ-कान्तिपुर


प्रकाशित : २०८१ पुष १० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप