अहिले देशभरका अधिकांश स्थानीय तहका वेबसाइट ह्याक भएका छन् । महानगपालिका, नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाका साइबर आक्रमणकारीको निसानामा परेका हुन । कर्मचारीहरूमा सूचना प्रविधिको सचेतना नहुँदा वेबसाइटहरू ह्याकरको सिकार भएको विज्ञहरूले बताएका छन् ।
देशभरका केही पालिकाको वेबसाइट डाउन हुँदा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूमा समेत असर परेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले देशररीको स्थानीय तहका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिनुभयो ।
‘सुरूमा बाँसगढी नगरपालिकाको वेबसाइटमा ह्याकरले कब्जा जमायो,त्यसपछि बिस्तारै देशैभरका नगरपालिकाका वेबसाइटमा समस्या आएको छ । हाम्रा टेक्निकल टिमले हेरिरहेका छन्।’
प्रवक्ता पराजुलीका अनुसार स्थानीय तहको वेबसाइट दुई दिनदेखि नै समस्याग्रस्त भए पनि जानकारी ढिलो आएकाले रिकभर गर्न समय लागेको हो । ‘ हामीले वेबसाइटको समस्या ढिलोगरी थाहा पायौं,’ उहाले भन्नुभयो, शुक्रबारसम्म हाम्रो टेक्निकल टिमले रिकभर गर्ला।’ उहाका अनुसार संघीय मामिला मन्त्रालयले युएनडीपीसँग मिलेर प्रादेशिक र स्थानीय सरकार सहायता कार्यक्रम (पीएलजीएसपी) अन्तर्गत देशभरका स्थानीय तहको वेबसाइट निर्माण गरेको थियो ।
एकीकृत डाटा व्यवस्थापन केन्द्रका कार्यालय प्रमुख मनीष भट्टराईले स्थानीय तहका केही नगरपालिका तथा गाउँपालिका वेबसाइटहरू पाँच दिनअगाडि नै ब्याकअपसहित रिकभर गरेर नयाँ सिष्टम हालेर पठाए पनि ह्याकरले पहिले नै कमजोरी पत्ता लगाएकाले पुनस् आक्रमण गर्न सफल भएको बताउनुभयो ।
साइबर सुरक्षाविज्ञ लिम्बूका अनुसार सोसल इन्जिनियरिङ यस्तो साइबर हमला हो, जसमा ह्याकरले प्रयोगकर्तालाई कुनै तरिकाले झुक्याएर, विश्वासमा पारेर वा प्रभावित पारेर युजरनेम, पासवर्ड, बैंक खाता, ओटीपी कोडजस्ता संवेदनशील विवरण फुत्काउने गर्छन् ।
अहिले नेपालमा सामाजिक सञ्जाल ९फेसबुक, ह्वाट्सएपलगायत०मार्फत् लाखौँ लाख डलर पुरस्कार पाएको भन्दै सो रकम प्राप्त गर्न केही रकम बुझाउनु पर्ने भन्दै लोभ्याएर प्रवेश गर्ने घटना बढिरहेकाले सरकारी तहहरूमा साइबर सचेतनार जनचेतना दिनुपर्ने उनको भनाइ छ ।