लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुरका मेयर रामलाल डगाैराले गरे खक्राैलामा डायमण्ड सफारिकाे कार्यालय उद्घाटन

खक्राैला / कैलालीको टिकापुर ९ खक्राैलामा डायमण्ड सफारि प्रा.लि.काे कार्यालयकाे उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामलाल डगाैरा थारुले कम्पनी स्थापनाले नेपालकाे धार्मिक तथा साँस्कृतिक पर्यटनमा विकास भई नेपाल र भारतकाे आर्थिक र सामाजिक सम्बन्ध मजबुत हुने बताएका थिए ।

यात्रुले सेवासुविधा भोग गर्न चाहने भएकाले यात्रु लाई सोही अनुसारको सेवा दिन कम्पनी लागि पर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा जानकि गाउँ पालिकाका अध्यक्ष गणेश चाैधरिले सिमानाकामा नेपालीहरु आवतजावत गर्दा बाटोमा विभिन्न सास्ती खेप्ने गरेको र साे सास्ती कम गर्न प्रा.लि.का संचालक अघि सरेर कम्पनी स्थापना गरेको देख्दा आफुलाई खुसी लागेको बताए ।

कम्पनीका संचालक शुरेस खड्काले यात्रुका लागि सुरक्षित र आरामदायी यात्राको लागि कम्पनी संचालनमा ल्याउन पाउँदा आफुहरु खुसी भएको बताए । सिमानाकामा नेपाली र भारतीय यातायात मजदुर बिच केही समय अगाडि देखि कुटपिट हुँदा साे क्षेत्र बाट यातायात सेवा अवरुद्ध भएको छ । साे अवरुद्घ भएको यातायात सहज आवागमन सेवा कम्पनीकाे अगुवाइमा नेपाली र भारतीय सराेकारवाला बिच छलफल पछि सुचारू हुने कम्पनीले जनाएको छ ।

उनले टिकापुरकाे खक्राैला देखि भारतका दिल्ली, लखनउ , हैदरावाद ,देहरादुन ,अयाेध्या, जयपुर ,हरिद्वार सम्म हरेक दिन यात्रुलाइ सेवा प्रदान गरिने बताए । उद्घाटन कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला, सामाजिक अगुवा गाेविन्द काइरालाले मन्तव्य राखेका थिए ।

डायमण्ड सफारि प्रा.लि.का अध्यक्ष सर्पराज साउँदकाे अध्यक्षतामा भएको कार्यक्रममा भजनि नगरपालिका उपमेयर राजु तिरुवा,खक्राैला स्थित सशस्त्र प्रहरी बलका प्रमुख डिएसपी ,टिकापुर ९ का वडा अध्यक्ष लाैटन चाैधरि, जानकि गाउँ पालिका वडा नं ४ का अध्यक्ष सुरेन्द्र कठरिया, टिकापुर नगरपालिका कार्यपालिका सदस्य मञ्जु वि. क. प्रहरी चाैकि सत्ति र कालाकुण्डाका प्रमुख ,विअाेपि कालाकुण्डाका प्रमुख , टिकापुर र सत्ति ट्राफिक प्रहरी प्रमुख ,व्यवसायी,नागरिक अगुवा , संचारकर्मि सहभागी रहेका थिए ।

खक्राैला बाट भारतका विभिन्न शहरमा सुरक्षित र आरामदायी यात्रा सहित गन्तव्यमा पुगाउने लक्ष्य सहित कम्पनीको स्थापना भएको बताइएकाे छ ।


प्रकाशित : २०८१ पुष १४ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप