लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर महोत्सव पुस २५ देखि हुने

टीकापुर । टीकापुर महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ बाट सुरु हुने महोत्सवको तयारीअन्तर्गत पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव हुन लागेको हो ।

वाणिज्य सङ्घका महासचिव नवराज रिमालले भने, ‘महोत्सवमा सर्वसाधारणका लागि एक सय टिकट शुल्क लाग्नेछ विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइने छ भने महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् ।’

महोत्सवमा थारु कला र संस्कृति झल्कने सङ्ग्रहालय राखिने जनाइएको छ । यसवर्ष महोत्सवस्थलको क्षेत्रफल बढाइएको छ ।

अघिल्लावर्षको तुलनामा स्टल र प्रवेशद्वारको स्थान परिवर्तन गरिएको छ । विगतमाझैँ कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी राखिने भएको छ ।

महोत्सवभित्र जम्मा दुई सय स्टल रहने छन् । पण्डालभित्र एक सय २७ व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । पण्डालबाहिर २६ वटा होटल रहने छन् ।

थारु गाउँमा २४, अटोमोबाइलमा १४, मोटरसाइकल र कृषि उद्यमी गरी नौ स्टल रहने जनाइएको छ । वाणिज्य सङ्घले महिला उद्यमीलगायतलाई गरी पाँच वटा स्टल निःशुल्क उपलब्ध गराएको छ ।

हालसम्म ९० प्रतिशत स्टल बुक भइसकेको वाणिज्य सङ्घका सदस्य तथा स्टल संयोजक बमबहादुर ओलीले बताए । वाणिज्य सङ्घको आयोजनामा २०६५ देखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।


प्रकाशित : २०८१ पुष २२ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप