बैदि/कैलालीको टिकापुर नगरपालिका–७ बैदिमा रहेको निरञ्जन ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको सत्राैं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नन्दसिंह बाेहराको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए । कार्यक्रममा जनप्रतिनिधि,संस्थाका साधारण सदस्य, शेयर सदस्य र उपभोक्ताहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।
विद्युत् सहकारी संस्थाकाे साधारणसभामा आर्थिक वर्ष २०८०/२०८१ को १२ लाख ६० हजार ३ सय ९७ रुपैयाँ बराबरको आय व्यय वार्षिक साधारण सभामा भएको थियोे ।
कार्यक्रममा उपभोक्ताले उठाएका विभिन्न सवालको जबाफ संस्थाका अध्यक्ष नन्दसिंह बाेहराले दिएका थिए । कार्यक्रममा नियमितरूपमा महसुल तिर्ने ५ जना उपभोक्ताहरूलाई लइडि बल्व सहित सम्मान गरिएको थियो । वार्षिक साधारण सभामा विभिन्न वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।
विद्युत् सहकारी संस्थाले जनताको अँध्यारोमय जीवनलाई उज्यालो बनाउन यो संस्था वि.स. २०६५ सालमा स्थापना भएको थियो ।
अहिले करिब १६६ घरधुरीमा संस्थाले विद्युत् बालेको छ । ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडकाे साधारणसभामा चेतनशील टोल विकास संस्थाका अध्यक्ष पुर्णबहादुर खड्का ,बाेर्डरलाइन पब्लिक स्कुलका प्रिन्सिपल रामबहादुर सिजालि,जनता रामावि बैदिका प्रधानाध्यापक किरण धिताल ,हरियाली ग्रामीण विद्युत सहकारी बैदिका अध्यक्ष नरेन्द्र रेग्मी ,पत्रकार भिम वि. क. वडा सदस्य राजकुमार चाैधरि,आइति विकले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक टाेपबहादुर केसीले गरेका थिए ।