लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भजनीका बिहारे चितुवाको दाँत र छालासहित पक्राउ

भजनीका एकजना चितुवाको दाँत र छालासहित पक्राउ परेका छन् । कैलाली जिल्लाभजनी नगरपालिका-३ ठेकिपुरबाट सोही ठाउँ बस्ने ५६ वर्षका बिहारे चौधरी शुक्रबार ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइ भएको चितुवाको छाला र १२ वटा दाँत सहित पक्राउ परेका हुन । उनीबाट कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

गोप्य सूचनाको आधारमा उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र अहिले यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

नेपालमा वन्यजन्तुका अंगको अवैध व्यापार गैरकानुनी मानिन्छ, जसमा कठोर कानूनी कारबाहीको व्यवस्था गरिएको छ।


प्रकाशित : २०८१ माघ ५ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप