सत्ती / शनिबार बैतडीमा जिप दुर्घटना हुँँदा २ जनाको मृत्यु भएको छ।
बैतडी जिल्ला सिगास गाउँपालिका–१ मा आज (शनिबार) बिहान भएको ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटनामा १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चालक सहित ८ जना सवार उक्त जिप गणानबाट इराना जाँदै गर्दा सिगास १ को माँडौ भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
उक्त दुर्घटनामा ६ जना घाइते भएका थिए जस मध्य २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने बाँकि ४ जना ४० वर्षीया तुलसी धामी, १८ वर्षीया,कमला धामी,१४ वर्षीया धौली धामी र १६ वर्षीया निरा धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।