लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

महाकुम्भ २०२५ : दुई युग बिचको पुल

मोहित श्रीपाइली / एकपटक सोच्नुस त ! महाकुम्भ देख्न पाउनु हामी भाग्यमानी होइनौं र ? न हाम्रो हजुरबुबा/ हजुरआमाले देखेका थिए न त हाम्रो नातिले देख्न पाउनेछन । यो भन्दा अघिको १८८१ को महाकुम्भको बेला न ईन्टरनेट थियो ,न हात हातमा क्यामेरा ,न त मोबाइल,न त अहिलेको जस्तो सेवा सुविधा नै र अब अर्को पटक हुने महाकुम्भमा हामी सायद मंगल ग्रहमा पुगिसक्ने छौं र सायद मोबाइल पनि लोप भैसक्ने छ र अन्य कुनै नयाँ प्रविधि आइसक्ने छ ।

हामी भनेको दुई युग “बिना प्रविधि र एड्भास प्रविधी” बिचको संगम हो,पुल हो । हामीले अलिकती भएपनी यी दुबै युग,कालखण्डको अनुभव गर्न पाएका छौं । बिना प्रविधिका हुर्किने पुस्ताले सायद यो सोचेकै थिएन होला कि संसार एक शताब्दी पछि यति एड्भान्स भैसक्छ र अब आउने पुस्ताले थाहै पाउने छैन कि कुनै समयमा दुनियाँ त्यस्तो पनि थियो होला भनेर तर हामीले आउने पुस्ता/युगलाई अनुमान गर्न सक्छौं कि यस्तो होला भनेर र हामी नै त्यो माध्यम हौं जसले आउने एड्भान्स पुस्तालाई वर्तमान प्रविधीमय युग मात्र होइन भुतको बिना प्रविधिमय अवस्थाका बारेमा पनि आफुले थाहा पाएको ज्ञान हस्तान्तरण गर्न सक्छौं ।

यो महाकुम्भ भनेको एउटा सनातन/हिन्दुका लागि मात्र, यो त सम्पुर्ण धर्म र सम्प्रदायका लागि महाउत्सव हो र मानव सभ्यता र ईतिहास को साक्षी पनि हो । जुनसुकै धर्मको भएता पनि आखिर यो संसार छोड्नै पर्ने हो र संसार अघि बढ्दै गर्ने हो तर ईतिहास सबै धर्मका लागि एउटै हो । जुन बद्लिने वाला छैन । यो महाकुम्भ भनेको हिन्दुहरुका लागि आउने पुस्तालाई हाम्रो धर्म,संस्कृति र परम्पराका बारेमा ज्ञान बटुल्ने क्षण हो जुन भावी पुस्तालाई हस्तान्तरण गर्न अति आवस्यक छ र अन्य धर्मका लागि सभ्यता र मानवताका बारेमा ज्ञान बटुल्ने अवसर हो ताकी आउने पुस्तालाई पहिलेको समाज र सभ्यता यस्तो थियो भनी ईतिहास बताउन सकियोस । जसले गर्दा आउने पुस्तालाई आफ्नो ईतिहास सबै थाहा हुन्छ र ३-४ शताब्दी पछि संसार निकै एडभान्स भैसक्छ र कुनै कारणबस मानव सभ्यता लोप हुँदै गयो ईतिहासको सभ्यता खोतल्नु पर्यो भने तपाईले आज जानेको कुरा उनीहरुलाई एउटा महत्त्वपूर्ण कडि/क्ल्यु बन्न सक्छ ।

त्यसैले यो सनातन को हो यो उसको हो हामी किन जाने नभनेर अवलोकन गर्न र इतिहासको साक्षी बन्न यो महाउत्सव महा सहभागी बनौं ।

अहिले सम्मको मानव इतिहासमा सबैभन्दा धेरै मानिसहरु भेला भएको क्षण पनि यहि हो । त्यसैले सम्पुर्ण धर्म र सम्प्रदायका साथी-भाईहरुलाई भन्न चहान्छु कि यो महाकुम्भमा सहभागी हुनुस या अवलोकन गर्नुस ताकी पछि आउने पुस्तालाई शताब्दियौं पछि पनि यस महाकुम्भको छाप छोड्न र स्मरण गराउन सकियोस । महाकुम्भ मात्र नभइ इतिहासमा यो भएको थियो भनी ईतिहास सुनाउन सकियोस ।

“धार्मिक आस्था राखेरै नभएनी ईतिहास र वर्तमान मानव सभ्यताको साक्षी बन्न महाकुम्भमा जानुहोस ”

अन्त्यमा,यस महाकुम्भले सम्पुर्ण जगतको कल्याण गरोस, यो बिग्रीदै गरेको समाजलाई सहि बाटो तिर लगोस र संसारमा मर्दै गएको मानवतालाई फेरि जिवित बनाओस ।


प्रकाशित : २०८१ माघ २४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप