लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

धनगढीको नोभा अस्पतालको शौचालयमा युवक मृत फेला

धनगढीको नोभा अस्पतालको कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन्।

बुधवार राति २ बजे कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना अस्पतालको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको बताए।

उनकाअनुसार राति २ बजेतिर राना शौचालय गएका थिए। धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८१ माघ २४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप