लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

धनगढीमा विद्यालयबाट फर्किँदै गर्दा किशोरी बलात्कृत, आरोपी फरार

कैलाली । धनगढीमा विद्यार्थी बलात्कृत भएकी छन् । स्थानीय विद्यालय कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

 बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीलाई एक किशोरले आफ्नै घरमा लगेर बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले धम्क्याउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

‘हामीले शनिबार मात्र घटनाबारे जानकारी पाएका हौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराले भने,  ‘किशोरीमाथि घरमै बलात्कार गरेको आरोप छ । आरोपित युवक फरार छन् ।  ’

किशोरीलाई  डर, त्रासमा पारेर घरमै लगेर बलात्कार गर्ने युवकको खोजी भइरहेको डिएसपी बोहराले बताए । 


प्रकाशित : २०८१ माघ २७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप