लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलाली कारागारबाट भागेका एक व्यक्ति १२ वर्ष पछि भारतबाट पक्राउ

कैलाली कारागार तोडेर भागेका देवसिंह ठकुरी १२ वर्षपछि भारतबाट पक्राउ परेका छन्।

कैलालीको साविक गोदावरी गाविस-५ हाल गोदावरी नगरपालिका-११ बस्ने ४८ वर्षीय देब सिंह ठकुरी भन्ने दिपकबहादुर सिंहलाई भारतमा लुकेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो। ठकुरी कैलाली कारागारबाट भागेका थिए भने भारतमा पनि उनीमाथि लाखौं रकम चोरीको मुद्दा लागेको थियोे। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए।

देव सिंह ठकुरी भन्ने दिपकबहादुर सिंह उपर दायर भएका मुद्दाहरुः–

१. जिल्ला कैलाली गोदावरी गा.वि.स. ०६ बस्ने कृत सुनारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह, तेज बहादुर बडैला र मोहन सिंह बडैला भएको वारदात मिति २०६२।०६।०२ गते जाहेरवालाको छोरा मान बहादुर सुनारलाई कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दा– आ.व.२०६२।०६३ साल, मुद्दा नं. ३० (जि.स.व.का. बाट मिसिल फिर्ता भई पेश हुन बांकी)

२. जिल्ला कैलाली गोदावरी ७ बस्ने जनक बहादुर साउँदको जाहेरीले वादी नेपाल सरकार भएको वारदात मिति २०६४।११।२४ गते राती जाहेर वालाको भतिजा मृतक भक्त बहादुर भन्ने बमबहादुर साउदलाई गोली प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई मिति २०६७।०८।२७ गतेको फैसलाले मिति २०६६।०३।११ गते देखी लागु हुने गरी सर्वस्व सहित जन्मकैद फैसला भई कैद भुक्तान गरिरहेको अवस्थामा जिल्ला कारागार कैलालीबाट फरार। (आ.व. २०६४।०६५ साल, मुद्दा नं. १८२)।

३. जिल्ला कैलाली धनगढी १ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले मिति २०६५।०३।१० गते, अपहरण गरी शरिर बन्धक बनाएको अपहरण तथा शरिर बन्धक मुद्दा– आ.व.२०६५/०६६ साल मुद्दा नं. ३५० 

४. प्र.नि. धन बहादुर कठायतको जाहेरीले मिति २०६६।०३।१० गते हातहतियार खरखजनामा पक्राउ परी मिति २०६६।०४।०५ गते अनुसन्धान पश्चात कारागार चलान भएकोमा १ बर्ष कैद सजाय फैसला। (आ.व.२०६५/०६६ साल मुद्दा नं. ३४९)

५. मिति २०६९।०४।२२ गते निज प्रतिबादी देव सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह कैलाली कारागारबाट भागी फरार भएको कैदी भागे भगाएको मुद्दामा देव सिंह ठकुरी भन्ने दिपकबहादुर सिंह, प्र.ना.नि. लोक बहादुर बोहरा, प्र.ह. गणेश चन्द र प्र.ज. दिल बहादुर टमटा उपर मुद्दा दायर भई सम्मानित कैलाली जिल्ला अदालतमा मुल्तबीमा रहेको।


प्रकाशित : २०८१ माघ ३० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप