इलाका प्रहरी कार्यालय टीकापुरले खक्रौला बाट लागु औषध ब्राउन सुगर सहित राजापुरका एक जनालाइ पक्राउ गरेको छ ।
हिजो दिउँसो २ बजे खक्रौलामा भे १३ प ८२७ नम्बरको मोटरसाइकल सहित पक्राउ परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नबिन राजा बुढाथोकिले बताए ।
इलाका प्रहरी कार्यालय बाट अपराध अनुसन्धानमा खटियको टाेलिले दिउँसो २ बजे राजापुर नगरपालिका वडान १ सोनपुर बस्ने बर्ष २७ को सुमन चौधरीलाइ खैरो हेरोइन जस्तो देखिने ८०० मिलिग्राम सहित पक्राउ गरेको र थप अनुसन्धान को लागि इलाका प्रहरी कार्यालय टीकापुर लगिएको डिएसपि बुढाथोकिले बताए ।
प्रकाशित : २०८१ फाल्गुन २० मंगलवार प्रकाशित