टीकापुर नगरपालिका-९, खक्रौला स्थित चेकपोस्टबाट शनिबार लागूऔषध (खैरो हेरोइन ) सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा नं.९ ,खैरिफाँटा बस्ने १८ वर्षिय चेतन खड्का रहेका छन । खड्कालाई भारतबाट नेपाल तर्फ आउँदै गर्दा रोकि तलासी गर्दा प्लास्टिकम बेरिएको अवस्थामा ५ (पाँच) ग्राम ३२० (तिन सय बिस) मिलिग्राम खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकि कालाकुण्डाको संयुक्त रुपमा खटीएको प्रहरी टोलीले शनिबार साँझ करीब ५ बजेर ३० मिनेटमा खड्कालाई पक्राउ गरेको हो भने यस बारे थप अनुसन्धान भैरहेको प्रहरेले जनाएको छ ।