सत्ति /जिल्ला प्रहरी कार्यालय कैलालीको कमान्डरका रुपमा( प्रमुखमा) सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले आएकाका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट सरुवा भएका राणाले मंगलबारदेखि कैलाली प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । उनलाई निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकी, प्रहरी नायब उपरीक्षक राजकुमार सिंह लगायतले स्वागत गरेका थिए ।
एसपी राणाले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि रणनीति बनाएर अगाडि बढ्ने बताए । प्रहरी उपरीक्षक पदमबहादुर बिष्टको सरुवा भए पछि नयाँ प्रमुखका रूपमा राणा हाजिर भएका हुन् । एसपी बिष्टको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएको थियो ।