लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

वन मन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन

सत्ति / सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिएका छन् ।

Oplus_131072

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएको उनी निकट स्रोतले बतायो ।
स्रोतकाअनुसार मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रती असन्तुष्ट थिए । बजेट निर्माणका क्रममा समेत मन्त्री चौधरीले आफूखुसी गरेको अनुुभूती गरेका मुख्यमन्त्री शाहले तत्काल राजीनामा गर्न निर्देशन दिएको दाबी गरिएको छ ।
मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी आन्तरिक परामर्शमा जुटेका छन् । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुसँग उनी परामर्श गरिरहेका छन् । नाउपाका एक प्रदेश सभा सदस्यले मुख्यमन्त्रीले राजीनामा मागेको कुरा आएपनि कारण भने थाहा नभएको बताए ।
तर, रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेको नाउपा निकट स्रोत बताउँछ । यो प्रकरणमा संलग्न कैलालीकी सुशिला खड्का सहितका केहीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दीगो वन व्यवस्थापन कार्यविधीमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो ।


प्रकाशित : २०८२ असार ४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप