लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

ताप्लेजुङमा बर्डफ्लु : पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध

ताप्लेजुङमा बर्डफ्लु संक्रमण रोक्न कडा कदम चालिएको छ। झापा, मोरङ र सुनसरीमा बर्डफ्लु बढेपछि ती जिल्लाबाट पन्छी तथा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको हो।

जिल्ला बर्डफ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको अध्यक्षतामा बसेको बैठकले संक्रमण भित्रिन नदिन चेकपोइन्टहरूमा कडा निगरानी गर्ने र लुकाएर ल्याइएको पाइए नष्ट गर्ने निर्णय गरेको छ।

अर्को सूचना नआउँदासम्म ती तीन जिल्लाबाट पन्छीजन्य वस्तु नल्याउन सम्बन्धित सबैलाई निर्देशन दिइएको छ। साथै जिल्लाभरका पन्छी पसल, मासु पसल र फार्महरूमा पनि अनुगमन बढाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ।


प्रकाशित : २०८३ बैशाख ५ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement