लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

उज्यालो सहकारी सत्तिको साधारणसभा सम्पन्न वार्षिक साढे ४ कराेड बढीकाे काराेबार

सत्ति / टीकापुर नगरपालिका ७ सत्ति स्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्था काे १५ अाै चुनावि साधारण सभा सम्पन्न भएकाे छ । सहकारी संस्थाका अध्यक्ष शेरसिह रिजालकाे अध्यक्षतामा भएकाे साधारणकाे प्रमुख अतिथी टीकापुर नगरपालिका वडा न ७का वडा अध्यक्ष रामलाल डगाैरा थारु रहेका थिए ।

सहकारीका उपाध्यक्ष शशी श्रेष्ठकाे स्वागत मन्तव्य संगै शुरुभएकाे कार्यक्रममा जनता रामावि बैदिका अध्यक्ष गाेविन्द काेईराला, धनसिहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिह साँउद, सामुदायिक सहकारि संस्था सत्तिका अध्यक्ष हरि कार्की, रानिजमरा कुलरिया सिचाई आयाेजना कृषि तर्फका बालि विकास अधिकृत जय बहादुर महतरा लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुक्रबार सम्पन्न भएकाे १५ अाै साधारण सभाबाट डम्मर घर्तिमगरकाे अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्बिराेध चयन गरिएकाे छ।
जसकाे उपाध्यक्षमा शशी श्रेष्ठ ,काेषाध्यक्षमा प्राङ्कुश चाैधरी चयन भएका छन भने सदस्यहरुमा साँधुराम चाैधरी,बिष्णु कुमारी खत्री, मंगल बहादुर पुन, महेश कुमार कार्की,रानिरानि शाह, साेना कुमारी राठौर,सरला ठकुराठी कर्ण र शारदा रिजाल चयन भएका छन ।
यसैगरी लेखा समितिको संयाेजकमा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम वि. क. चयन भएका छन् भने सदस्यहरुमा सुशीला क्षेत्री र जाैमति धामी चयन भएका छन् ।
सहकारीले साधारण सभामा ५ जना सुत्केरीलाई पाेषण सामग्री समेत वितरण गरेकाे छ । साथै असल ऋणि २जना उत्कृष्ट किसान २ जनालाई सम्मान गरिएकाे छ ।भने क्रमिक कर्जा र बचत गर्ने १/१ जनालाई सम्मान गरिएकाे छ।
२०६३ सालमा ३१ जनाले ३१ सय शेयर पुजीबाट शुरु गरेकाे सहकारीले ४कराेड ७१ लाख ६३ हजार ९६८ बराबरकाे काराेबार गरेकाे छ भने ७लाख ८९ हजार मुनाफा गरेकाे छ भने हाल यस सहकारीमा ७५६ जना शेयर सदस्य रहेका छन ।


प्रकाशित : २०७८ पुष १६ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप