जावेद अख्तर ,काठमाडौँ / निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले प्रचारप्रसारमा सञ्चार माध्यमको प्रयोग गर्न दिने भएको छ । तर, आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै यसलाई नियमन गर्ने भएको छ ।
निर्वाचन आचारसंहिताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारले पालना गर्नुपर्ने चरणसार्वजनिक गरेको हो । आयोगले सञ्चार माध्यमबाट राजनीतिक दलले एकपटकमा एक मिनेटभन्दा लामो प्रशारण गर्न नहुने जनाएको छ ।
त्यस्तै पत्रिकामा पनि आयोगले जारी गरेको साइजअनुसार प्रकाशित गर्नुपर्ने जनाएको छ ।
प्रकाशित : २०७८ चैत्र ४ शुक्रबार प्रकाशित