लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

मालपोत टीकापुरबाट २८ करोड राजश्व सङ्कलन

विनय चाैधरि /मालपोत कार्यालय टीकापुरबाट गएको आर्थिक वर्ष २०७८/०७९ मा २८ करोड, ७३ लाख रुपैया राजश्व संकलन भएको छ ।
११ हजार ३९३ ओटा लिखत पास भएका मालपोत कार्यालय टीकापुरले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ लाख बढी रकम हो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८ करोड, ४१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
गएको आर्थिक वर्षमा रजिष्ट्रेशन शुल्कबाट १९ करोड, ६२ लाख, ७ हजार, पुजिगत लाभकरबाट ८ करोड, ८४ लाख, २७ हजार, अग्रीम आयकर बाट २० लाख, २१ हजार र विविध कर तथा दस्तुर बाट ६ लाख, ५२ हजार रुपैया गरी जम्मा २८ करोड ७३ लाख रुपैया राजश्व संकलन भएको मालपोत कार्यालय टीकापुरका सूचना अधिकारी सर्बानन्द चपाईले जानकारी दिए । चपाईका अनुसार मालपोत कार्यालय टीकापुरबाट गएको आर्थिक वर्ष २०७८/०७९ मा राजीनामा लिखत संख्या ५ हजार, ८९२ र दृष्टिबन्धकको लिखत संख्या ५ हजार ५०१ गरी जम्मा ११ हजार ३९३  लिखत पास भएका छन् ।
नेपाल सरकारले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ लागु गरी स्थानीय तहलाई जग्गा वर्गीकरण गरेर मात्र कित्ता काट गर्न भनेको र सोही अनुसार स्थानीय पालिकाले काम गर्न नसकेका कारण कित्ताकाट हुन नसक्दा राजश्व संकलन कम देखिएको छ । सरकारले ल्याएको साे नीति अनुसार स्थानीय तहले काम गर्न सकेको भए अझै राजश्व संकलनमा वृद्धी हुने सूचना अधिकारी चपाईले बताए ।
मालपोत कार्यालयबाट संकलन भएको राजश्व मध्य पूजिगत लाभकर, अग्रीम आयकर र सेवा शुल्कको रकम संघिय सरकारमा र अन्य बाँकी राजश्वको ४० प्रतिसत प्रदेश सरकार र ६० प्रतिसत स्थानीय सरकारलाई जाने व्यवस्था गरिएको छ ।


प्रकाशित : २०७९ श्रावण ८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप