लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर नगरपालिकाले मुलपानिमा पानीको सतह घटायाे

सत्ति / टीकापुर – २ स्थित जनशक्ति सामुदायिक वन मुलपानीमा टिकापुर नगरपालिकाले डाेजर चलाएको छ । मुलपानि क्षेत्रकाे पाेखरिमा नुहाउने क्रममा पटकपटक डुबेर ज्यान गएकोले पाेखरिकाे पानीको सतह कम गर्न डाेजर चलाएको हो ।

पर्यटकीय क्षेत्र मुलपानिमा नुहाउने क्रममा पटकपटक दुर्घटना घटेकाले पाेखरिकाे पानीको सतह घटाइएको टिकापुर नगरपालिकाका मेयर रामलाल डगाैराले बताए । पानी बाहिर जाने मुहान अलिक चाैडा र गहिरो पारिएको मेयर रामलाल डगाैराले जानकारी दिए ।

टिकापुर नगरपालिकाका नगर प्रहरी ,प्राविधिक कर्मचारी सहित जेसिवि सहित मुलपानि पुगेका मेयर डगाैराले पर्यटन पर्यावरणीय क्षेत्र भएकोले पर्यटन संगै जाेड्दै पानीको सतहलाइ घटाउने काम भएको तथापि साे क्षेत्र घुम्न र नुहाउन आउने पर्यटकलाई पनि सुरक्षाको लागि सतर्कता अपनाउनु पर्ने बताए ।

यसैगरी जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिर्घ तिरुवाले अहिलेसम्म टिकापुर नगरपालिकाले मुलपानि क्षेत्रकाे विकासका लागि सहयोग गरेको र सुरक्षाका मापदण्ड सहित यसको स्तराेन्नतिका लागि ध्यानाकर्षण गराए ।

मुलपानि क्षेत्रमा भ्रमण र नुहाउनका लागि सामुदायिक वनले शुल्क लिने गरेकोले पर्यटकको सुरक्षा सामाग्रीकाे व्यवस्था गर्नुपर्ने स्थानीयकाे भनाइ रहेको छ । हिजो शनिबार जानकी गाउँपालिका–८ पहाडीपुर का २० वर्षका पुष्पराज उपाध्यायकाे नुहाउने क्रममा पाेखरिमा डुबेर मृत्युु भएको थियोे ।

साथीसँग नुहाउन गएका उपाध्याय नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए । उनलाई साथीहरुले नै उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएका उपाध्यायलाई अस्पतालले मृत घोषित गरेको थियो ।


प्रकाशित : २०७९ भाद्र १९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप