लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भजनी नगरपालिकाले गर्यो १०० दिनका उपलब्धि सार्वजनिक

भजनी नगरपालिकाले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नगर प्रमुख केवल चौधरीले १०० दिनका उपलब्धि सार्वजनिक गर्नु भएको हो ।

एक सय दिनमा ४५ लाख, ४३ हजार ८६८ रुपैया आन्तरीक राजश्व संकलन गरेको र चालु आर्थिक वर्षमा सम्पति करको दररेटमा १६ प्रतिसत घटाई स्रवाग्राहीलाई सहुलियत दिएको बताउनु भयो ।

उपलब्धि सार्वजनिक गर्दै प्रमुख चौधरीले कक्षा १ देखि ८ सम्मको शिक्षा निशुल्क गरीएको १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार गरी लागु गर्ने चरणमा रहेको, निजी श्रोतका शिक्षकहरुको तलब वृद्धी गरीएको, विद्यालयलाई कम्प्यूटर तथा प्रिन्टर बितरण गरीएको जानकारी गराउनु भयो ।

घोडतालमा भएको विवाद समाधान, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने भवनको निर्माण, खानेपानीको विस्तार देखि सडक तथा पुल पुलेसा मर्मत तथा निर्माण गरीएको पनि प्रमुख चौधरीले जानकारी दिनुभयो ।

कृषी शाखा अन्र्तगत मेयर नमुना कृषी गाउँ कार्यक्रम लागु गरीएको, साना सिचाँई तथा मर्मत सम्भार कार्यक्रम र स्वरोजगार कार्यक्रम पनि सञ्चालन गरीएको उहाँले बताउनु भयो ।

पशुसेवा शाखा अन्र्तगत एक सय दिनमा ९ हजार ६४ पशुपंक्षिको उपचार, एक हजार ७२३ किलो वर्षे घाँसको विउ बितरण, १२ हजार ५० डाले घाँसको वेर्ना बितरण लगाएतका कामहरु गरीएको बताउनु भयो ।

समग्रमा १०० दिनमा धेरै काम गरीएको भएपनि सारांशमा भन्नुपर्दा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टर्माटम भवन निर्माण, मुक्त कमैया व्यवस्थापन रकम विनियोजन, निजि श्रोत शिक्षकलाई नगर शिक्षक घोषणा गरी उनीहरुको तलव वृद्धी, ठेकी स्थित हुलाकी पुलको बारेमा सरोकारवालालाई झक्झकाउने काम भएको बताउनु भयो । काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई सच्याउँदै अवका दिनमा सबैसंगको सहकार्य र सल्लाहका साथ काम गर्ने पनि प्रमुख चौधरीले बताउनु भयो ।


प्रकाशित : २०७९ भाद्र २१ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप