सत्ति / भजनि र सत्ति सडक खण्डको बिचमा पर्ने प्रमुख चोक भनेको खैरिपुरचोक हो । यस चोकमा पैदलयात्रीलाई बाटो काट्न सहजताका लागि स्पिड ब्रेकर बनाइएको छ । अन्य स्थानको भन्दा गाडी ओहोरदोहोर हुने खैरिपुर चोकमा सडक पार गने सहजताका लागि जेब्राक्रस बनाइएको थियो तथापि त्यो पुरानो भएर प्रस्ट संग देखिदैन । तर मानिसहरुले ट्राफिक नियमसम्वन्धी सचेतनाको कमीका कारण सडक वारपार गर्ने गर्छन् । जसले गर्दा सडक दुर्घटनाको जोखिम समेत बढ्न सक्छ । सडक पार गर्दा लापरबाहीका कारण स्पिड ब्रेकर र जेब्राक्रसको पालना कम हुने गरेकोले अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिका प्रमुख तारा विष्टले बताए ।
अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिले भिडभाड तथा चाेक हुने स्थानमा सडक जथाभावीरुपमा काट्ने मानिसलाई सम्झाएर ट्राफिक बारे सामान्य ज्ञान दिने गरेको प्रमुख विष्टले बताए ।
‘ग्रामीण क्षेत्रमा सडक दुर्घटना हुन नदिनका लागि समय समयमा ’जेब्राक्रस कसरी काट्ने र सडकको प्रयोग बारे विद्यालयका बालबालिका र आम नागरिकलाई जानकारी गराउने गरेको अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिका कार्यरत ट्राफिक प्रहरी करण ऐरले बताए । बर्षा र बाटो निर्माणका कारण सडकका कतिपय चाेकमा जेब्राक्रस मेटिएका छन् यसलाई पुन बनाउनुपर्ने सुझाव दिए ।
जेव्राक्रसको पालना हुन नसक्नुका साथै सडक मिचेर गरिने व्यापार तथा पार्किङका कारण दुर्घटनाको जोखिम हुने गरेको ऐर बताउँछन् । उनले भने– ‘जोखिम कम गर्नका लागि ट्राफिक प्रहरीले सचेतनासँगै नियमको पालना नगर्नेलाई कारबाही समेत गर्ने गर्दै आएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि समेत अस्थाई ट्राफिक प्रहरी सत्तिले सक्रियता देखाएको छ । सडक सुरक्षाका माध्यमबाट दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी सत्तिले सडक सुरक्षाका कार्यक्रम अन्तरगत विद्यालयका बालबालिकालाई समेत प्राथमिकता दिएर कार्यक्रमहरु गर्ने गरेको छ । जसअन्तर्गत मंगलबार अस्थायी ट्राफिक प्रहरी सत्तिले खैरिपुर चाेकमा स्थानीय कालिका बाेर्डिङ स्कुलका विद्यार्थीलाई बाटो पार गर्ने तरिका बारे सडकमै सम्झाई बुझाई गर्नुको साथै बाटो काट्दा अनिवार्य जेब्राक्रस प्रयाेग बारे जानकारी गराएको छ ।