सत्ति /टीकापुर नगरपालिकाले उज्यालो टिकापुर कार्यक्रमकाे शुभारम्भ गरेको छ ।
टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले शनिबार साँझ खड्ग चाेकमा जडान गरिएको हाइमास्ट लाइटकाे बटन थिचेर साे कार्यक्रमकाे शुभारम्भ गरेका छन् ।
नगर प्रमुख रामलाल डगाैरा थारुले पत्रकार सम्मेलन गरि खड्ग चाेकमा हाइ मास्ट लाइटकाे स्विच अन गरि उद्घाटन गर्नुभएको थियो ।
नगरपालिकाले नगरका विभिन्न चाेकमा जडान गर्ने जनाएको छ त्यसकाेलागि प्रकृया अघि बढाइने नगरपालिकाले जनाएको छ । मेन बजारको खड्ग चाेकमा बत्ती जडान भए पछि नागरिक स्तरमा बजार बासिले सामाजिक सञ्जाल बाट खुशी व्यक्त गरेका छन । साे स्थानमा पाेल सहित जडानका लागि दस लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिका स्रोतले जनाएको छ ।